राष्ट्रपतीले संकट समाधान गर्न संकटकाल लगाउनु पर्छ- बच्चन सिंह

राष्ट्रपतीले संकट समाधान गर्न संकटकाल लगाउनु पर्छ- बच्चन सिंह

नेकपा एमालेनिकट राष्ट्रिय यूवा संघ नेपालका निवर्तमान अध्यक्ष बच्चनबहादुर सिंहले आज सर्वोच्च अदालतको फैसला पछि उत्पन्न संकट समाधान गर्न राष्ट्रपतीले देशमा संकटकाल लगाउनु पर्ने बताउनु भएको छ ।

विषम परिस्थीतीमा कारोवारपोष्टसंग कुरा गर्दे उहाँले अदालतलाई प्रयोग गरी विपक्षी गठबन्धनले युरोपीयन यूनीयनको रुपैयांमा देशलाई अप्ठेरोमा पार्ने गरी काम गरेकोसमेत आरोप लगाउनु भएको छ । उहाँले यसमा आफ्नै पार्टीका बरिष्ठ नेता माधव नेपाललगायतका नेताहरु लागेकोमा आपत्ती जनाउनु भएको हो ।

वहाँको विचार वहाँकै शव्दमा,
बहुदलीय प्रजातान्त्रिक ब्यबस्थामा, दल भित्रको बहुमतिय विधि नै निर्णायक विधि हो। आजको सर्बोच्चको निर्णयले संविधानको बहुदलीय मर्म,भावना र विधि माथी नाङ्गो प्रहार गरेको छ। अब सर्बोच्चले नै मन्त्री,प्रधानमन्त्री नियुक्त गरेर अद्यावधिक निर्बाचन प्रणालीको धज्जी उडाउदै,तमाम नेपाली जनताको जनमतको अबमुल्यन गरेको छ।

मुल विषय मुलुक र जनताको हित र रक्षार्थ लाग्नु हरेक नागरिक, पार्टी संगठनको कर्तब्य हो। युरोपियन युनियनको दबाब र सेटिङ्गमा गरिएको निर्णय नेपाल र नेपालिको हित बिपरित मात्र छैन,नेपालको सार्बभौमिकता माथिको नाङ्गो हस्तक्षेप हो। बनेका वा बनाउने हरेक ऐन,कानुन वा न्यायीक निकाय रास्ट्र र रास्ट्रियता भन्दा माथी हुदैननरहुन सक्दैनन।

अब राष्टपती ज्युले राष्ट्र ,राष्ट्रियता र बहुदलीय प्रजातान्त्रिक व्यबस्थाको मर्म र भावनालाइ कायम राख्दै सार्भौम त केवल जनताहो तेसैले संकटकाल घोषणा गर्दै सही कदम चाल्न अपरिहार्य छ।