सुदूरपश्चिम सरकारको निद्रा हराउने गरी आयो सर्वाेच्चको आदेशः १५ दिनभित्र लिखित जवाफ माग

सुदूरपश्चिम सरकारको निद्रा हराउने गरी आयो सर्वाेच्चको आदेशः १५ दिनभित्र लिखित जवाफ माग

काठमाण्डौ। सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथी आगामी असार ६ गते थप सुनुवाइ हुने भएको छ । इजलाशले १५ दिन भित्र सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालयबाट लिखित जवाफ पेस गर्नसमेत आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले आगामी असार ६ गते अन्तरिम आदेशको लागि पेसीसमेत तोकेको छ।
निवेदक कमलसिंह रानासमेत भएको उक्त उत्प्रेषणको रिटमाथि आइतबार अधिवक्ताहरु महेश भट्टराई, दलबहादुर धामी, रामबहादुर शाह र अपेक्षा निरौलाले बहस गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा (९) मा कुल सदस्य संख्या २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश सरकार गठन गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर, प्रदेश सरकार विस्तार गर्दा उक्त प्रावधान मिचिएको भन्दै बिहीबार रिट निवेदन दर्ता गरिएको थियो । प्रदेश सभामा हाल कायम कुल ५२ जना सदस्य संख्या रहेको छ । जसको २० प्रतिशतले हिसाव गर्ने हो भने १०.४० जना भन्दा नवढाई हुनु पर्ने हो । तर यसमा ०.६० जोडेर ११ जना मन्त्री बनाईएको रिट निवेदक कमल सिहं रानाले कारोबार पोष्टलाई बताउनु भयो । जुन सविंधानले तोकेको भन्दा १.१५३ ले बढी छ’ रानाले भन्नु भयो ।

आइतबारको बहस सुनेर निवेदकको माग बमोजिमको आदेश किन जारी नगर्नु पर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित पेस गर्न भनिएको छ ।

[email-subscribers-form id="2"]
TOP