२५ सदस्यीय मन्त्रीमण्डलमा सुदुरपश्चिमले पायो दुई जना वनमन्त्री

२५ सदस्यीय मन्त्रीमण्डलमा सुदुरपश्चिमले पायो दुई जना वनमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा १८ औं पटक मन्त्रिमण्डल विस्तार गर्नु भएको छ। बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेपछि २५ सदस्यीय मन्त्री मण्डल बनेको छ ।२५ सदस्यीय मन्त्रीमण्डलमा सुदुरपश्चिमले भने दुई जना वनमन्त्री पायो ।

ओलीले विहीबार नियुक्त गरेका मन्त्रीमध्ये खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मा पाएका छन्। त्यसैगरी पूर्व गृहमन्त्री राम बहादुर थापा बादलपत्नी नैनकला थापा सञ्चार मन्त्री बनेकी छिन् । त्यस्तै नारदमुनि राना वन, मोहन बाँनिया विना विभागीय, ज्वालाकुमारी साह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन र आशा विक वन राज्यमन्त्री बनेका छन् ।
यसअघि विस्तारीत मन्त्रीमण्लमा शुदुरपश्चिम प्रदेशबाट कोही पनि मन्त्री बन्न पाएका थिएनन् । विहिबारको मन्त्री विस्तारमा भने सुदुरपश्चिमले दुई जना मन्त्री पाएको छ ।

नारदमुनि रानाः वनमन्त्री

कैलालीको धनगढी नगरपालिकाका नारदमुनि राना गत चुनावमा काँग्रेस नेतृ आरजु देउवालाई हराएर प्रतिनिधिसभा सदस्य बनेका थिए । हाल अनामनगर घट्टेकुलोमा बस्दै आएका उनी २०२९ बैशाख १९ गते जन्मेका हुन् । उनका श्रीमती, ३ छोरा र २ छोरी छन् । रानाले स्नातकोत्तर अध्ययन गरेका छन् ।

२०४३ सालमा अनेरास्ववियु पाँचौंको प्रारम्भिक कमिटीबाट राजनीति गरेका उनले २०४७ मा तत्कालीन एमालेको संगठित सदस्यता पाए । पार्टीको वडा सदस्य हुँदै नेकपा एमालेको केन्द्रीय कमिटीसम्मको जिम्मेवारीमा पुगे । ०७५ सालमा उनी नेकपाको केन्द्रीय सदस्य बने ।

राजनीतिमा होल टाइमर हुनु अघिसम्म कानुन व्यवसाय गरेका राना २०६४ मा एमालेका तर्फबाट समानुपातिक सभासद बनेका थिए । २०७४ मा कैलाली ५ बाट उनी प्रतिनिधिसभामा निर्वाचित भए।

Asha BK

आशा कुमारी बिकः वन राज्यमन्त्री
बझाङ स्थायी घर भएकी आशा कुमारी बिक वन राज्यमन्त्री बनेकी छिन् । २०१८ असोज ३० मा रूपन्देहीमा जन्मेकी उनले स्नातकसम्म अध्ययन गरेकी छिन् । उनका श्रीमान्, एक छोरा र एक छोरी छिन् ।

२०५९ सालदेखि जिल्ला कमिटी सदस्य हुँदै एमालेमा पार्टीमा आवद्ध उनी ०७४ को प्रतिनिधिसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्थिन् ।

नेकपा एमालेमा रहँदा जिल्ला कमिटी सदस्य, मुक्ति समाजको प्रदेश सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य बनेकी उनी अन्ततः सरकारको राज्यमन्त्री बनेकी छिन् ।