काठमाडौं। नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी नैनकला थापाले प्राप्त गर्नुभएको छ । उहाँ पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का धर्मपत्नीसमेत हुनुहुन्छ ।
थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहिबार सो जिम्मेवारी प्रदान गर्नुभएको हो ।
रुपन्देहीको बुटवलमा जन्मनुभएका सञ्चारमन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष भएर चार वर्षे जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । त्यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिलासम्वन्धी विज्ञ समुह सदस्यको रुपमा पनि उहाँले अनुभव प्राप्त गर्नुभएको छ ।
यसअघि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहनुभएका सञ्चारमन्त्री थापा पछिल्लो समय श्रीमान बादलसँगै नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । २०३५–०३६ सालदेखि नै राजनीतिमा सक्रिय रहनुभएका मन्त्री थापाले स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।
हाल चितवनको बासिन्दा रहनुभएका सञ्चारमन्त्री थापाले कालीका माध्यमिक विद्यालय बुटवल र नारायणी मावि चितवनमा लामो समय शिक्षिकाको रुपमा अध्यापन गराउनुभएको थियो ।
सञ्चारमन्त्री थापा २०३८ मा नेकपा (चौम) पार्टी सदस्य, २०३८ मै अ.ने.म.संघ जिल्ला सचिव, २०४२ मा अ.ने.म.संघ केन्द्रीय महासचिव, २०४७ मा अ.ने.म.संघ केन्द्रीय संंयोजक, २०५० मा एकीकृत अ.ने.म.संघ केन्द्रीय महासचिव भएर काम गरिसक्नुभएको छ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
११ महिना अगाडि
११ महिना अगाडि
३ वर्ष अगाडि