८० करोड भारतीय नागरिकलाई नोभेम्बरसम्म हरेक महिना खानेकुरा दिने घोषणा

८० करोड भारतीय नागरिकलाई नोभेम्बरसम्म हरेक महिना खानेकुरा दिने घोषणा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने घोषणा गरेका छन्।
सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले कोरोनालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो महामारी भएको बताए। उनले महामारीको यो बेला सरकार गरिबको साथमा रहेको बताए।

आज केन्द्र सरकारले प्रधानमन्त्री गरिब कल्याण अन्न योजनालाई दिवालीसम्म बढाउने निर्णय गरेको छ। संकटको यो घडीमा सरकार गरिबसँग छ। ८० करोड मानिसलाई हरेक महिना तोकिएको मात्रामा खानेकुरा नोभेम्बरसम्म सित्तैमा उपलब्ध गराइनेछ,’ मोदीले भनेका छन्।

[email-subscribers-form id="2"]
TOP