शपथ विवाद: ‘यो पर्दैन’ विरूद्ध सर्वोच्च अदालतमा रिट

शपथ विवाद: ‘यो पर्दैन’ विरूद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ विवादमा परेको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। 

अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको रिट सर्वोच्च अदालत मा हालेका हुन्। ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए।

प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहो¥याएकी थिइन्। ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाए। त्यसपछि ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्द पनि उच्चारण गरेनन्।

शपथ ग्रहणका वाक्यांश जानाजान छुटाएर प्रधानमन्त्री ओलीले शपथको गरिमा लत्याएको र राष्ट्रपतिको समेत मानमर्दन गरेको भन्दै सामाजिक सञ्जालमा पनि यसबारे थुप्रै टिकाटिप्पणीहरु भएका थिए। 

शपथ र शपथपछि प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्ति विरूद्ध अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को रिट पेश गरेका छन्। 

शपथ लिने भनेको संविधान र कानुनमा जे छ त्यही हो र आफूलाई जे मन लाग्छ त्यही भन्ने नमिल्ने भन्दै धेरैले प्रधानमन्त्रीको आलोचना गरे भने कतिले त्यो सामान्य भएको बताए।

अमेरिकामा सन् २००८ मा पहिलोपटक राष्ट्रपति बनेका बराक ओबामाले भूलवश एउटा वाक्यांश यताउता पारेर पढेपछि दोहो¥याएर शपथ लिनुपरेको थियो।

[email-subscribers-form id="2"]
TOP