महिला लघुवित्त सहित चार कम्पनीको शेयरमूल्य उच्च दरमा घट्यो,आज ६ अर्ब १४ करोड ८९ लाख ६६ हजारको कारोबार

महिला लघुवित्त सहित चार कम्पनीको शेयरमूल्य उच्च दरमा घट्यो,आज ६ अर्ब १४ करोड ८९ लाख ६६ हजारको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक १८.४९ अंकले घटेको छ । यो दिन बजार ०.७० प्रतिशत घटेर २ हजार ६१८ विन्दुमा झरेको हो । यस दिन रू.६ अर्ब १४ करोड ८९ लाख ६६ हजार बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर कारोबार भएको छ ।

कुल कारोबार रकममा यस दिन एनसीसी बैंकको सर्वाधिक हिस्सा रहेको छ । एनसीसी बैंकको रू. २८ करोड ८६ लाख ५२ हजार बराबरको शेयर कारोबार भएको हो । दोहोरो अंकले घटेको बजारमा समता घरेलु लघुवित्त वित्तीय संस्था र रूरू जलविद्युत परियोजनाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ भने महिला लघुवित्त सहित चार कम्पनीको शेयरमूल्य उच्च दरमा घटेको छ ।

यो दिन समता घरेलु लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ७३ ले बढेर अन्तिम मूल्य रू. ८०४ र रूरू जलविद्युत परियोजनाको प्रतिकित्ता रू.४९ ले बढेर अन्तिम मूल्य रू.५४८ कायम भएको छ। ३० दिनसम्म निरन्तर मूल्य बढेको महिला लघुवित्तको आइतवार भने १० प्रतिशतले मूल्य घटेको छ।

गत बिहीवार प्रतिकित्ता रू.५ हजार ३० अन्तिम मूल्य कायम भएको महिला लघुवित्तको आइतवार प्रतिकित्ता रू.४ हजार ५२७ मा झरेको हो । यो सँगै विशाल बजार कम्पनीको ९.९९ प्रतिशत , सिंगटी हाइड्रोपावरको ९.५६ प्रतिशत र युनियन हाइड्रोपावरको शेयरमूल्य ९.२४ प्रतिशत घटेको छ।

[email-subscribers-form id="2"]
TOP