[email-subscribers-form id="2"]
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत कांग्रेस नेतासँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओली फर्किएका छन्। प्रधानमन्त्री ओलीको माग प्रति नेता देउवा सकारात्मक नभएको स्रोतले जानकारी दिएको छ ।
देउवा निवासमा आज अपरान्ह करिब एक घण्टा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीसहित नेताहरू र कांग्रेस नेताहरूबीच छलफल भएको थियो।

भेटमा सहभागी एक नेता निकट स्रोतले भर्खरै छलफल सकिएको बताए। छलफलमा प्रधानमन्त्री ओलीले सहकार्य गरी जान कांग्रेससँग सहयोगमाग्नु भएको थियो तर जवाफमा कांग्रेसले सरकारले असंवैधानिक काम गरेकोमा सहयोग गर्न नसकिने बताएको छ, स्रोतले भन्यो ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
१ वर्ष अगाडि
१ वर्ष अगाडि
३ वर्ष अगाडि