केपी शर्मा ओलीको चियापन कार्यक्रम: आफू पक्षीय नेताको उपस्थिति, गौतम समुहको पनि छुट्टै आयोजना

केपी शर्मा ओलीको चियापन कार्यक्रम: आफू पक्षीय नेताको उपस्थिति, गौतम समुहको  पनि छुट्टै  आयोजना

बालुवाटारमा जारी प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको चियापन कार्यक्रममा आफू पक्षीय नेता र सांसदको उपस्थिति रहेको छ।

सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि सुरू चियापान कार्यक्रममा सबै केन्द्रीय सदस्यहरु तथा अन्य नेता कार्यकर्तालाई निमन्त्रणा गरिए पनि झलनाथ खनाल तथा माधव नेपाल समूहले बहिष्कार गरेको छ।

बालुवाटारमा केन्द्रीय सदस्यलाई चियापान कार्यक्रम आयोजना गरिरहेका बेला सो कार्यक्रम बहिष्कार गर्दै गौतम समुहले पनि छुट्टै भेला आयोजना गरेको छ । माओवादी केन्द्र र एमालेबीच पार्टी एकता गर्नका लागि भूमिका खेल्ने बताउँदै आएका गौतमले पछिल्लो समय भने नेकपाभित्रको विभाजन रोक्न एकताको पहल थाल्ने बताएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यक्रममा उपस्थित हुन सबैलाई मोबाइल एसएमएसफर्मात निमन्त्रणा पठाईको थियो।

[email-subscribers-form id="2"]
TOP