काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानियलाई विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बुधवार विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आईपीओ बाँडफाँट गरिएको हो ।
स्थानियले न्यूनतम १० देखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् । विक्री प्रबन्धकका अनुसार १० देखि ७० कित्तासम्म माग गर्ने आवेदकहरुले माग बमोजिमनै शेयर पाएका छन् । ८० कित्तादेखि ३ हजार ६० कित्तासम्म माग गर्ने ३५ हजार ६१ जनालाई पहिलो चरणमा समान ७० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । बाँकी शेयर गोलाप्रथाको माध्यमबाट वितरण गर्दा यी मध्य ६३ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् । गोलाप्रथाबाट शेयर प्राप्त नगर्ने २३ हजार ९८ जनालाई पुनः गोलाप्रथामा सहभागी गराई ९ जनालाई थप एक कित्ता शेयर प्रदान गरिएको छ ।
यो आईपीओ खरिदका लागि ४८ हजार ८ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । कुल आवेदकमध्य रितपूर्वक आवेदन नदिएका कारण २०४ जनाको आवेदन रद्ध भएको समेत विक्री प्रबन्धकले जानकारी दिएको छ । योग्य ४६ हजार ४ जना स्थानियमा शेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले मंसिर १७ गतेदेखि पुस १ गतेसम्म स्थानियका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर विक्री खुला गरेको थियो । चन्द्रागिरी हिल्सले आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) का स्थानियहरुका लागि पहिलो चरणमा आईपीओ विक्री गरेको हो ।
स्थानियपछि आम सर्वसाधारणका लागि कम्पनीले आईपीओ विक्री गर्नेछ । यस कम्पनीले सर्वसाधारणका लागि कुल १८ लाख ४० हजार ९१० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट कार्तिक २८ गते अनुमति पाएको हो । पहिलो चरणमा स्थानियका लागि २ प्रतिशत शेयर जारी गरेको हो । दोस्रो चरणमा १० प्रतिशत दरको कम्पनीको कर्मचारी समेत गरी १५ लाख ३४ हजार ९१ कित्ता शेयर अन्य सर्वसाधारणमा जारी हुनेछ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार पुग्नेछ ।
हाल यस कम्पनीको संस्थापकबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ३५ करोड रहेको छ । यस कम्पनीले केबुलकार, होटल तथा रिसोर्ट र एम्बुजमेण्ट पार्क लगाएतका परियोजना सञ्चालन गरिरहेको छ । आर्थिक वर्ष ०७५÷७६ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९६ दशमलव ६९ रहेको छ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि