
सत्तारुढ नेकपाका यूवा नेता बच्चन बहादु सिहंले संसद विघठन गरि ताजा जनादेशमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सकारात्मक भएको वताएका छन् ।
देशलाई जहीले पनि घेराबन्दीमा पार्ने, सरकार विरुद्ध गुटबन्दी गर्ने अनी सरकारलाई काम गर्न नदीने शैलीलाई आज सरकारले चालेको साहासिक कदमले दिशाभंग गरीदिएको पनि उहाँले बताउनुभयो । आज कारोबार पोष्टसँग कुरा गर्दै सिहंले भन्नु भयो, जनताको जनादेश पूनः प्राप्त गर्न प्रधानमन्त्रीले लिनु भएको यो कदम समय सान्दर्भीक छ । यसले संसदीय प्रणालीको सम्मानमा कुनै कमी हुँदैन । उहाँले भन्न्ुभयो, ”अब यही सरकारले राष्ट्रपतीले दिनु भएको समयसिमामा निर्वाचन सम्पन्न गरी थप जनउत्तरदायी सरकारको निर्माण गर्ने छ । ”
नेकपा प्रष्टरुपमा विभाजन भएको परिप्रेक्ष्यमा उहाँले भन्नु भो, ”अब झन माझीएको, एकतावद्ध र सुदृढ नेकपाको पूर्नगठन हुनेछ । जहाँ प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भने बमोजिमकै दोश्रो पूस्ताका नेतृत्व मुलुकले पाउने छ । पूराना र वयोवृद्ध नेताहरु ससम्मान बर्हीगमन हुनेछन् ।”
नेता सिहंले सम्माननीय राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्रीलाई अविस्वासको प्रस्ताव ल्याई देशलाई संकटको बाटोमा ल्याउन उद्धत पार्टीकै शिर्षथ नेताहरु आफ्नो गल्ती स्वीकारेर सच्चीने विस्वास पनि व्यक्त गर्नुभयो ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि