लोकतन्त्रको हितविपरित ओलीको कदमाको चौतर्फी प्रतिवाद गरौंः बाबुराम भट्टराई

लोकतन्त्रको हितविपरित ओलीको कदमाको चौतर्फी प्रतिवाद गरौंः बाबुराम भट्टराई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरित राष्ट्रपतिसमक्ष संसद् विघटनको प्रस्ताव गरेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बताएका छन् ।

एक भिडियो सन्देश जारी गर्दै ओलीको यस कदमको प्रतिवाद गर्न आह्वान गरेका छन् ।

यस्तो छ उनको सन्देश

नयाँ संविधानमा हामीले राजनीतिक स्थिरता कायम गर्नको निम्ति प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष किटान गरेका थियौँ । विगतका अस्थिरतालाई ध्यान दिँदै बीचमा संसद् विघटन गरेर अस्थिरता निम्त्याउन नदिने प्रावधान राखेका थियौँ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको विपरित संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको खबर जुन प्राप्त भएको छ, यो अत्यन्त दुःखद् छ । यसले हिजो कै संसदीय व्यवस्थाको अस्थिरता निम्तायो र यसले संविधानसभाबाट हामीले सुधारिएको प्रणाली ल्याएको धज्जी उडाएको छ, यो लोकतन्त्रको मर्म विपरित छ । संविधानको प्रावधान विपरित छ । यसले नेकपाको दुई तिहाईको बहुमतको सरकार नजिक बन्दा पनि जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ, यो लोकतन्त्रको हितमा छैन । यसको सबैतिरबाट प्रतिबाद गरिनुपर्छ

[email-subscribers-form id="2"]
TOP