कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकहरू नखुल्ने, ३७ सय बढी कर्मचारीमा कोरोना

कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकहरू नखुल्ने, ३७ सय बढी कर्मचारीमा कोरोना

काठमाडौं । कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरू बन्द हुने भएको छ । अब दशैंमा शाखा मार्फत हुने कारोबार ठप्प हुने भएको छ । नेपाल बैंकर्स संघले एक बिज्ञप्ति जारी गर्दै कोभिड १९ का कारण बैंकका कर्मचारी समेत प्रभावित भएकाले सो समयमा शाखा खोल्न नसकिने स्पष्ट पारेको छ ।

संघका अनुसार ३७०० भन्दा धेरै बैंक कर्मचारीमा कोरोना संक्रमण भएको जनाएको छ । बैंकका शाखा नखुले पनि डिजिटल बैंकिङ र एटीम सेवा भने नियमित हुने छ ।

बिगत केही बर्ष यता तालिका निकालेर दशैं बिदाको समयमा पनि बैंकहरू केही घण्टाका लागि खुल्ने गरेका थिए ।

[email-subscribers-form id="2"]
TOP