
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स (PLICL) ले नेपाल धितोपत्र बोर्डबाट ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले शेयर निष्काशन माग गर्दै असोज २१ गते बुधबार निवेदन पेश गरेका बोर्डले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन पूर्व इक्रा नेपालबाट क्रेडिट रेटिङ गराएको छ । रेटिङ कम्पनी इक्राले इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि न्यूनतम चुक्ता पूँजी २ अर्ब तोकेको छ ।
कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ४ करोड ४४ लाख ९६ हजार रुपैयाँ खुद नाफा र एक अर्ब १५ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
शेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
४ महिना अगाडि
४ महिना अगाडि
३ वर्ष अगाडि