शेयर कारोबार विद्युतीय माध्यमबाट गर्न गराउन ब्रोकर एशोसिएसनको आग्रह

काठमाडौं । शेयर कारोबारसँग सम्बन्धीत सबै कामहरु विद्युतीय माध्यमबाट मात्र गर्न गराउन स्टक ब्रोकर एशोसीएसन नेपालले आफ्ना सदस्यहरुलाई निर्देशन दिएको छ ।

साथै संघले लगानीकर्ताहरुलाई पनि शेयर कारोबारसँग सम्बन्धीत सबै सेवाहरु विद्युतीय माध्यमबाट मात्र लिन आग्रह गरेको छ ।

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको ररुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको र ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यरत कर्मचारीहरु समेत उच्च जोखिममा रहेकाले सुरक्षित कारोबारका लागि विद्युतीय माध्यम उपयोग गर्न आग्रह गरेको हो ।

हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागी खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबार सँग सम्वन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाट नै गर्न सक्ने अवस्था रहेकाले सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यलाई विधुतीय माध्यमबाट मात्र गर्न गराउनु हुन संघ हार्दिक आग्रह गर्दछ । संघको विज्ञप्तिमा उल्लेख छ ।

[email-subscribers-form id="2"]
TOP