एजेन्सी । युरोपमा कोरोना भाइरसबाट सबै भन्दा नराम्रो प्रभाव परेको देश हुन स्पेन । स्पेनको आर्थिक अवस्था खस्किदै गईरहेको छ । अवैधानिक ढंगले बसोबास गरिरहेका आप्रवासीमाथि कडाई गर्ने भएपछि त्यहाँ रहेका नेपालीहरू पोर्चुगलतर्फ जान थालेका छन्।
कागजात बनाउन सजिलो मुलुकमध्ये पोर्चुगल एक हो। यहाँ प्रकृया पुगेको एक वर्षमा अस्थायी रेजिडेन्सी कार्ड बनाउन सकिन्छ। जर्मनीको भिसा लगाई दुई वर्ष अगाडि स्पेनको बार्सिलोनामा आएर बसेकी पुनम लामा पोर्चुगलको राजधानी लिस्बन पुगेकी छिन्। उनले भनिन्, ुस्पेनमा कामको समस्या त्यो माथि कागज बन्ने, नबन्ने कुनै ग्यारेन्टी छैन्, लाखौं लाख स्पनिशहरू नै वेरोजगार छन्, कार्ड बनाउन बन्द गर्ने हल्ला भएर लिस्बनमा चिनेजानेकोमा आएकी हुँ। यहाँ प्रक्रिया शुरु भएको छ। पहिले नै आउन पर्ने थियो, दुई वर्ष समय खेर गयो।
स्पेन सरकारले अवैधानिक आप्रवासीमाथि कडाई गर्दैछ। स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तरवार्तामा बताएअनुसार गैरकानूनी रुपमा बसेका आप्रवासीलाई देश निकाला गर्ने र आर्राइगो सोसियललाई खारेज गरिने भएको छ। सो अन्तरवार्तामा उनले आर्राइगो सोसियल अन्तरगत अध्यागमन अर्टिकल १२४(२)लाई खारेज गरिने बताएका छन्।
कोरोना भाइरस महामारी कारण स्पेनमा आर्थिक मन्दी र बेरोजगारी दर बढेको छ। हाल स्पेनमा बेरोजगारी दर ३३ लाख ६८ हजार अर्थात १५.३३ प्रतिशत रहेको छ। स्पेनको तेस्रो ठूलो आप्रवासी र इस्लाम विरोधी दक्षिणपन्थी वोक्स पार्टीले अवैध आप्रवासीलाई देश निकाला गर्ने, आर्राइगो बन्द गराउने, कट्टरपन्थी मस्जिदहरू बन्द गराउने लगायतका कडा मुद्दाहरू संसदमा उठाउँदै आएको छ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि