महामारीमा पनि बढ्यो रेमिट्यान्स,एक महिनामा भित्रियो ९२ अर्ब

महामारीमा पनि बढ्यो रेमिट्यान्स,एक महिनामा भित्रियो ९२ अर्ब

काठमाडौं । कोरना भाईरसको महामारीले बैदेशिक रोजगारमा जाने संख्या घटे पनि विप्रेषण आप्रवाह भने बढेको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार गत वर्षको दुई महिनाको तुलनामा विप्रेषण आप्रवाह २३।० प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २।० प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४।५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०।७ प्रतिशतले बढेको थियो ।

यस अवधिमा कोरोना भाइरसको कारण नेपालिहरु बैदेशिक रोजगारमा जान पाएका छैनन्। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ९९।२ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९।० प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०।० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १।३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय २०।० प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०।२ प्रतिशतले बढेको थियो ।

[email-subscribers-form id="2"]
TOP