आईपीएल :पन्जाबद्वारा बैंगलोर ९७ रनको फराकिलो अन्तरले पराजित

आईपीएल :पन्जाबद्वारा  बैंगलोर ९७ रनको फराकिलो अन्तरले पराजित

एजेन्सी । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनको विशाल अन्तरले पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो ।

बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे । यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए ।

बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका रबि बिश्नोई र मुरुगान आश्विनले ३३ विकेट लिए । सेलड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले । उनले ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरे । उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बने ।

यस्तै मायांक अग्रवालले २६ तथा निकोलस पुरनले १७ रन बनाए । करुण नायर १५ रनमा अविजित रहे ।

बैंगलोरका शिबम डुबेले २ तथा युजभेन्द्र चाहलले १ विकेट लिए ।

जितसँगै पन्जाबले २ खेलमा २ अंक जोडेको छ । पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

[email-subscribers-form id="2"]
TOP