जलविद्युत कम्पनीको शेयरमा आकर्षण बढदै, १० कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा

काठमाडौं । यो साता नेप्सेमा जलविद्युत कम्पनीहरुको कारोबार उदसाहजन रहयो । फेरी पनि जलविधुतमा लागानीकर्ताको रोजाईमा पर्न सकेको छ । साताको अन्तिम कारोबार दिन लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुको शेयरमा आकर्षित भएका देखिएको छ। यससँगै यस दिन १० भन्दा बढी जलविद्युत कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

बिहीबार कारोबारमा आएको अपी पावर, माउन्टेन हाइड्रो, हिमाल दोलखा, सिनर्जी पावर, दिव्यश्वरी हाइड्रोपावर, बरुण हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। केही दिन अघि लिबर्टी इनर्जीको आईपियोमा समेतमा राम्रो उत्साह देखिएको थियो ।

यस दिन सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य २.१२ प्रतिशत घटेको छ। अन्य कम्पनीहरुको शेयरमूल्य यस दिन सोभन्दा कम दरमा घटेको छ।

[email-subscribers-form id="2"]
TOP