काठमाडौं । वामदेव गौतमको राष्ट्रिय सभामा सिफारिस रोक्न दायर भएको रिटमा बुधबार सुनुवाइका लागि पेशी तोकिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा गौतमको पेशी तोकिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई रिक्त रहेको एक कोटामा राष्ट्रिय सभामा मनोनयन गरेकी थिइन्। गौतमले राष्ट्रियसभा सदस्यका लागि सपथसमेत लिइसकेका छन्। उनी बर्दिया १ बाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा उनले सांसदको रुपमा कुनै पनि काम गर्न पाउने छैनन्।
अन्तरिम आदेश जारी नभएमा उनलाई मन्त्री बनाउने र समितिहरुमा बस्ने बाटो खुल्ने छ। अब वामदेव गौतमलाई मनोनित गर्ने निर्णयको न्यायिक परीक्षण हुनेछ। यसअघि सर्वोच्चले संविधानसभामा निर्वाचन हारेका, सक्रिय राजनीतिमा रहेकालाई मनोनित नगर्न सर्वोच्चले फैसला गरेको थियो। त्यो फैसला पुनरवलोकनका क्रममा थियो। सर्वोच्चले अब यो मुद्दामा निर्वाचनमा पराजितहरुको न्यायिक परिक्षण गर्ने छ ।
अधिवक्ताहरु दिनेश त्रिपाठी र बद्रीराज भट्टले दायर गरेको रिटमा सुनुवाइ हुँदैछ। भट्टराईको इजलाशमा पहिलो नम्बर उक्त मुद्दाको पेशी रहेको छ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि