मेरो सेयरबाट आइपीओ भर्दा अब पिन कोड अनिवार्य

मेरो सेयरबाट आइपीओ भर्दा अब पिन कोड अनिवार्य

काठमाडौं । मेरो शेयरमा पीन कोडको प्रयोग गर्न मिल्ने व्यवस्था हुने भएको छ। मेरो सेयरको सफ्टवेयरलाई थप सुरक्षित बनाउनलाई ओन टाइम पासवर्ड लाई प्रतिस्थापन गरि पिन प्रयोग गरिएको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ।

सिडिएससीका अनुसार अबदेखि माइ आश्वा मार्फत सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन प्रविष्ट गर्दा चार अंकको पिन अनिवार्य गरिएको छ।

मेरो शेयरमा पहिलो पटक लगइन गर्दा प्रयोगकर्तालाई ४ अंकको पीन सेट गर्नका लागि अनिवार्य पीन कोड सेट गर्नुपर्ने व्यवस्था गरिएको छ।सार्वजनिक निष्काशन भएका धितोपत्रमा आबेदन दिँदा अनिवार्य रुपमा यसरी सेट गरिएको ४ अंकको पिन प्रयोग गर्नुपर्ने सीडीएससीले जनाएको छ।

[email-subscribers-form id="2"]
TOP