स्पेशल प्रि ओपनिङ्ग सेसनमा लिबर्टी इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट

स्पेशल प्रि ओपनिङ्ग सेसनमा लिबर्टी इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । असोज ४ गतेदेखि दोस्रो बजारमा कारोबार शुरु भएको पहिलो दिन नै लिबर्टी इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

बजार खुलेको १० मिनेट पनि नबित्दै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसनमा लिबर्टी इनर्जी (LEC) पहिलो कारोबार भएको छ।

सो सेसनमा कम्पनीको प्रतिकित्ता ३०० रुपैयाँमा ३ हजार २६० कित्ता शेयर कारोबार भएको हो।

कम्पनीको १ करोड ५० लाख कित्ता असोज २ गते शुक्रबार नेपसेमा सूचीकृत भएको थियो। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँ ओपनिंग रेन्ज तोकिएको थियो। सोही अनुसार आइतबार कम्पनीको शेयर करोबार भएको हो। कम्पनीको शेयरलाई नेप्सेले कारोबारको लागि (एलइसि० संकेत दिइएको छ।