पुँजीकरणले इतिहास रच्यो, ५ दिनमा १४ अर्बको कारोबार, पुनर्बिमा र एनआरएनमा उच्च आकर्षण

पुँजीकरणले इतिहास रच्यो, ५ दिनमा १४ अर्बको कारोबार, पुनर्बिमा र एनआरएनमा उच्च आकर्षण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १४ अर्ब बढी कारोबार भएको छ । ५ दिनको अवधिमा नेप्सेमा १४ अर्ब २८ करोड ९८ लाख बढीको कारोबार भएको छ । यो औसतमा प्रति दिन २ अर्ब ८५ करोड ७९ लाख बराबर हो । गत साता भर नेप्से सूचक ५४।०९ अंकले बढेको छ ।

गत साता नेपाल पुनर्बिमा कम्पनीको शेयर सबैभन्दा धेरै ८२ करोड ४० लाखको कारोबार भएको छ । त्यस्तै बढी कारोबार हुनेमा दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स, तेस्रोमा नेपाल बैंक , चौथोमा नेको इन्स्योरेन्स र पाचौमा नागरिक लगानी कोष रहेका छन् ।

गत साता बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम शिर्ष स्थानमा छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब ६ अर्ब रहेको छ भने दोस्रो नम्बरमा रहेको नेपाल पुनर्बिमा कम्पनीको ८७ अर्ब ६० करोड रहेको रहेको छ ।

तेस्रो स्थानमा रहेको नबिल बैंकको बजार पुँजीकरण ८६ अर्ब ६३ करोड रहेको छ भने चौथो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको बजार पुँजीकरण ७७ अर्ब २७ करोड रेहेको छ । शेयर बजारको कुल बजार पुँजीकरण भने २० खर्ब ९० अर्ब पुगेको छ जुन हालसम्म कौ उच्च हो ।

गत साता एनआरएन इन्फ्रास्ट्रकचरको शेयर सबै भन्दा धेरै १७ हजार ८ सय ८५ पटक कारोबार भएको छ भने दोस्रोमा पुनर्बिमा कम्पनीको शेयर ९ हजार ३ सय ५९ पटक कारोबार भएको छ । गत साता लक्ष्मी उन्नति कोषको ६ करोड ५२ लाख ६२ हजार ३ सय ६० इकाई र मिथिला लघुवित्तको १ लाख ५८ हजार ७ सय ९२ दशमलव ४० कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

[email-subscribers-form id="2"]
TOP