
काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्सले संस्थापक शेयर ३९ हजार १ सय कित्ता लिलाम गर्ने भएको छ । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको यस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम गर्ने सुचना जारी गरेको छ ।
बैंकले आज असोज २ देखि असोज ९ गतेसम्म यी शेयर लिलाम गर्न लागेको हो । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सो मितिसम्म आफुले के कति शेयर कुन मूल्यमा खरिद गर्न चाहेको हो उल्लेख गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्ने आवेदकले शेयर पाउने छ भने त्यसपछि पनि शेयर बाँकि रहे दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ ।
आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम ३९ हजार १ सय कित्ता कै लागि दिन सकिने छ । शेयर लिलामको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । क्यापिटलको कार्यालय र एनआईसी बैंकका थापाथली, बिरगंज, बिराटनगर, पोखरा, बुटवल , धनगढी, सुर्खेत, र कमलादी शाखाबाट आवेदन फारम पाउँन र बुझाउन सकिने छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि