तपाई शिक्षक कि गुरु ?

तपाई शिक्षक कि गुरु ?

म‌ंगल रेग्मी

(लेखक अमेरीकाको विल्मिंटन विश्वविद्यालयमा कम्प्यूटर साइन्सका स्नातकोत्तर हुन् ।)

जसले अरुलाई शिक्षा दिन्छ उसलाई शिक्षक भनिन्छ। मेरो सामान्य बुझाइ यहि नै हो। शिक्षा भन्ने शब्दलाई यहीनिर मैले सकारात्मक शिक्षा भन्ने अर्थमा लिएको छु। यस बाहेक शिक्षक भन्नाले शिक्षा अथवा ज्ञानको भण्डार भन्ने पनि अर्थ लाग्न सक्छ।तर यस परिभाषालाई अहिले हामीले अवलम्बन गरेको शैक्षिक पद्धति र शिक्षक भर्तिका तौर तरिकाले ठाडै उलंघन पनि गर्न सक्छ। यसबाहेक बाँकी के के अर्थ लाग्छ भन्ने सम्बन्धित विज्ञहरुले जानकार राख्नु हुन्छ होला ।

अहिलेलाई मलाई शिक्षा अथवा शिक्षक भन्ने शब्दको उत्पत्ती कहिलेदेखि भयो ? कसरि र किन भयो भन्ने थाहा छैन। यो शब्द कताबाट आयो ? आयातित शब्द हो वा हाम्रै ओरिजिनल शब्द हो ? यो सबै जान्ने इच्छा भने तीब्र छ। किनकि परापूर्व कालमा प्रयोग हुने शब्द सुनेको भनेको गुरु नै हो। रामायण पढौं वा महाभारत, गीता अथावा, कृष्णचरित्रकहीं कतै पनि शिक्षक भन्ने शब्द मैले पढेको वा सुनेको छैन। त्यसैले पनि मलाई यो सब्दको नालीबेली जान्न मन लागेको हो।गुरु सब्द हुदा हुदै शिक्षक सब्द किन आयो ? के गुरु र शिक्षकको अर्थ फरक छ ? वा यी सब्द एकअर्काका पर्यायवाची हुन् ? यो पनि एक ठूलो जिज्ञासा रहने गरेको छ मेरो।

तर मैले मेरो मनमा आधुनिक शिक्षा देखेपछि र भोगेपछि गुरु र शिक्षकमा निक्कै भिन्नता पाएको छु।त्यसैले मलाई गुरु र शिक्षक मा के भिन्नता छ भनेर कसैले सोध्छ भने, म उसलाई सजिलै यसको उत्तर दिनसक्छु। मेरो उत्तर नेपाली भाषाको सर्वव्यापी नियमले स्वीकार्छ वा स्वीकार्दैन त्यो मलाई थाहा छैन । तर मैले देखेको र भोगेको शिक्षकको परिभाषा नितान्त ठिक छ भन्ने ठान्दछु। यति आत्मविश्वास कसरी आयो ममा यस बिषयमा ? किनकि मैले व्यक्तिगतरुपमा प्रयोग गर्न पाएँ।आँखा अगाडि देख्न पाए।र मज्जाले भोग्न पनि पाए।तेसैले थाहा नभएको सर्वव्यापी परिभाषालाइ मैले चुनौती दिने दुस्साहस गरेँ।

द्वापर युगको भिषण युद्द महाभारतका एक प्रमुख पात्र अर्जुनका गुरु द्रोणाचार्य थिए। हुनत सम्पूर्ण पाण्डव तथा कौरवपुत्रहरू गुरु द्रोणकै शिस्य थिए । तरपनि अर्जुन द्रोणका अन्य शिष्यभन्दा बिशेष प्रिय हुने गर्थे । गुरु द्रोणले अर्जुनलाई सर्वश्रेष्ठ धुरन्धुर बनाउने घोषणा नै गरेका थिए । आफ्नो यस बचनलाई उनले बिबादित रुपमै भएपनि पुरा गरेरै छोडे। यसका लागि उनले एकलव्यको औलासम्म काट्न विवष बनाई कर्णलाई शिक्षा दिन अस्वीकार गरेर आफ्नै मित्र द्रोपदलाई बन्दि बनाउन लगाएर गुरु दक्षिणा लिए।

यी सबै तपसिलका कुराहरु होलान तर यहानेर उठान गर्न खोजेको प्रसंग केहो भने, के कुनै गुरुले आफ्नो चेलालाई उत्कृस्ट बनाउनका लागि अर्को चेलाको औला काट्ने हदसम्म जान सक्छन ? के कुनै शिस्य कुनै गुरुको यति प्रिय पनि हुन सक्छ? द्वापरयुगको यो कुथा अहिलेको युगमा कत्तिको सान्दर्भिक होला ? के हामीसंग यस्ता गुरु अहिलेपनि छन् ? के अहिलेको शिक्षा प्रणालीले द्रोणजस्ता गुरुहरु बनाउन वा हुन दिन सक्छ?

संयोग बस केही बर्ष पहिले मैले पनि एक सरकारी क्याम्पसमा पढाउने अवसर पाएको थिए। करिब ५/ ७ बर्षको अध्यापन अवधिले मलाई आज यो सबै लेख्न सक्ने बनायो।मेरा व्यक्तिगत तितामिठा अनुभव यहाँनेरअसान्दर्भिक होलान।तेसैले म ती कुराहरु अहिले राख्नपनि चाहन्न।तर मेरोअध्यापनको कुल अवधिमा मैले कुनै एक पनि गुरु भेट्न सकेन जस्तो लाग्छ ।।नत अहिले सम्म अध्यन गर्दा नै भेटे।यो मलाई सधै खट्किरहने अनुभव रह्यो।म आफै पनि सायद गुरु हुन सकेन।तेसैले मैले जागिरनै छाडीदिएँ रअन्तै तिर लागें। यद्यपि गुरु पुर्णिमाका दिन मेरातत्कालिन बिधार्थीहरुबाट व्यक्तिगतरुप मै थुप्रै मेसेजहरु आउने गर्छन अझैपनि।मलाई त्यो पेशाप्रति औधी सम्मान र माया हुँदाहुदै पनि सबैभन्दा भारि भएको महसुसपनि यसै बेला हुने गर्छ।किन कि मआफु गुरु हुन नसकेकोले तीआदरार्थी सब्द ग्रहण गर्न खोज्दा मलाई अर्कै महसुस हुन्छरआफैलाई प्रश्न गर्ने गर्छु, के म यी सबै आदरको योग्य गुरु हुँ ?

पढाउने मामिलामा म आफुलाई भाग्यवानी ठान्दछु, किनकि मेरो अध्यापन अवधिमा कुनै एक बिधार्थीले पनि मेरो पढाउने शैली र क्षमतामाथि कहिलेई प्रश्न गरेनन। त्योअवधिमा धेरै शैक्षिक संस्थासंग पनि जोडीएँ । कुनैसंस्थाले पनि कुनै गुनासो गरेन मलाई। त्यसैले सगर्व भन्न सक्छु बिसयगत रुपमा एक राम्रो शिक्षक थिंए। तर म आफू कहिल्यै सन्तुष्ट हुन सकिनँ किनकि म आफै पनि गुरु हुन सकेको थिएन। किनकि वर्तमान शिक्षा र शिक्षकको अवस्था नै यस्तो छ कि १-२ कक्षा पढाएर मात्रै हातमुख जोड्न मुस्किल पर्छ। अनि शिक्षक ले दिनकै दर्जनौ कक्षाका लागि एक क्याम्पसदेखि अर्को क्याम्पस धाउनुपर्ने हुन्छ। यसो गर्दा शिक्षकले गुणस्तरीय शिक्षा दिनसक्ने कुरै हुँदैन।यहाँनेर शिक्षक शिक्षा मात्रै दिने भन्दा पनि पेसेवर धन कमाउने व्यक्ति हुन पुग्छ र शिक्षा धन कमाउने साधन हुन पुग्छ।अनि व्यक्ति गुरुभन्दा पनि शिक्षक हुन्छन, जसले ज्ञानभन्दा पेसालाई बढी महत्व दिन्छन् र पेसाभन्दा बढी पैसालाई महत्दित्व दिन बाध्य हुन्छन।अनि उनीहरुका लागि कसले शिक्षा पाएको छ, छैन त्यो चासोको बिषय रहदैन।कसले धेरै पैसा दिन्छ त्यहीनै उनीहरुको प्राथमिकतामा रहन्छ।नेपालभर नै यस्तै शिक्षकको बिगबिगी छ।

कतिपय ठूला सहरमा त हेल्मेट टिचर भन्ने सब्दनै बनाइदीएका हुन्छन् शिक्षकका लागि।जुन नाम सान्दर्भिक पनि हो जस्तो लाग्छ ।अनि फेरी प्रस्न गर्न मन लाग्छ, के हेल्मेट टिचर पनि गुरुनै हुन त ? उनीहरु पनि गुरु द्रोणकै स्थान पाउन योग्य छन् ? अर्थात उनीहरु गुरु नै हुन वा शिक्षक मात्रै हुन वा अन्य कुनै ?

अझै यो भन्दा भयावह अवस्था त के छ भने अब शिक्षक र शिक्षामाथि राजनीतिको हस्तक्षेप पनि हुन थालेको छ। जसको परिणाम अब शिक्षक बिषयगत नभै राजनीतिक दलगत हुन थालेका छन्।पहिले-पहिले क्याम्पसमा अंग्रेजी, नेपाली, गणित, लेखा, भौतिकशास्त्र, रसायनशास्त्र आदिका शिक्षक हुने गर्थे।अहिले त्यसो छैन।अब नेपाली कांग्रेस, पूर्वएमाले, पूर्वमाओवादी आदिका शिक्षक भेटिन्छन।के यिनीहरुलाई पनि गुरुनै मान्न सकिन्छ, जो कक्षा कोठाभन्दा बढी राजनीक दलका कार्यालयमा भेटिन्छन ? एक राजनीतिक दलको सिफारिस मा बनेको शिक्षकबाट योभन्दा धेरै आशा गर्नु हाम्रो मुर्खता नै होला, त्यो आफ्नो ठाउँमा छ तर शिक्षाजस्तो पवित्र र प्रमुख बिषयमा राजनीतिक कार्यकर्ता हुल्नु वा हुलिनु र उनीहरु कै हालीमुहाली हुनु, राजनीति नजिकका व्यक्तिले सबै लाभ पाउनु र राजनीतितिर बित्रिष्णा भएकाहरुपछि पर्नु वा बाध्य पारेर उनीहरुलाई पनि राजनीति गर्न लगाउनु, यस्तो माहोलमा के गुरुहरु भेटिएलान त ? यिनीहरुप्रति सम्पूर्ण बिधार्थीको वास्तविक सम्मान हुन्छ होला त ? यिनीहरुका लागि कसैले औंला काटेर गुरु दक्षिणा देला अथावा यिनीहरुले कसैलाई सर्वोत्कृष्ठ शिस्य बनाउँछु भन्ने हिम्मत र अठोट गर्न सक्लान ?

अहिले पनि पैसा र पदलाई धेरै महत्व नदिने हो भने एक शिक्षकले सामान्य जीवन यापन गर्नसक्छ । शिक्षकबाट गुरुमा पदोन्नति गर्न सक्नु निकै चुनौतीको बिषय हो। मैले पढाएको विधार्थी भनेर कुनै ठूलो पदधारी व्यक्तिको जसलिने अधिकार अहिलेका शिक्षकमा छ जस्तो लाग्दैन । किनकि उनीहरुले विधार्थीप्रति त्यती ठूलो समर्पण गरेका हुँदैनन्। त्यसैले शिक्षक र विधार्थीबीच पनि अर्जुन र द्रोणाचार्य जस्तो सम्मान र माया भेटिदैन आजकल।

जिन्दगिभरी पेशाको मर्यादाभन्दा राजनीतिक दलको पछि दगुरेर सरुवा र बढुवा अनि सिफारिस पाउने, अयोग्य हुँदाहुँदै जबर्जस्ति कुनै नेताले योग्यताको सिफारिस भिडाइदिएर शिक्षक भएकाहरुलाई मेरो परिभाषाले कदापि गुरु मान्दैन।यिनीहरु शिक्षक मात्रै हुन।तर कस्तो शिक्षाका लागि शिक्षक ? यो प्रस्न पूर्ण उत्तरित वा अर्धउत्तरित हुन सक्छ।अनुत्तरित कदापी छैन।

तपाईहरु जो जाे शिक्षक हुनुहुन्छ, कृपया गुरु बन्ने प्रयास गरिदिनु होला।

[email-subscribers-form id="2"]
TOP