महालक्ष्मी विकास बैंकले गर्यो वैद्यनाथ वेद विद्याआश्रमलाई सहयोग

महालक्ष्मी विकास बैंकले गर्यो वैद्यनाथ वेद विद्याआश्रमलाई सहयोग


काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित वैद्यनाथ क्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम, अछामलाई १ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ

बिहीबारका दिन बैैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा सम्पन्न एक कार्यक्रमकाबीच बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका थिए ।

[email-subscribers-form id="2"]
TOP