सबै वामपन्थ समाजवादका लागि जुटौं

सबै वामपन्थ समाजवादका लागि जुटौं


रामप्रसाद खनाल, नेता, नेकपा

नेपालीपनको समाजवाद नेपालको संविधानकले प्रारम्भमै समाजवाद उन्मुख समाजको परिकल्पना गरेको छ । राजावादी पाटीलाई छाडेर समाजवादी राजनीतिको विषयमा सायदै विवाद छैन । समाजवाद कस्तो हुने भन्नेबारे भने निकै विवाद छ । चर्को बहस छ । कम्युनिस्ट विचारधारलाई आफ्नो पार्टीको पथपर्दसक सिद्धान्त मान्नेहरुबीच पनि आज नेपालमा समाजवाद सम्बन्धी मतभेद देखिन्छ । एक अर्कामा आरोप प्रत्यारोप छ ।

समाजवाद नेपाली समाजको मात्रै नभएर विश्व समुदायकै लागि बहसको विषय बनेको छ । पूँजीवादमा देखा परेका मानवीय समस्याहरुका कारण पनि समाजवाद अनिवार्य व्यवस्था बन्न गएको छ । समाजवाद अब बामपन्थीको मात्र सरोकारको विषय नभै गैरबामपन्थी खेमाका लागि पनि चासो विषय बन्न गएको छ ।

आज हामी यस्तो दुँनियामा छौं, जुन विगत केहि दशक उताको भन्दा गुणात्मक रुपमै भिन्न छ । कुनै पनि समाज व्यवस्था उत्पादक शक्ति र उत्पादन सम्बन्धको योग हो । यी दुई तत्वहरुमा अन्तर आउन थालेपछि पुरानो व्यवस्था धेरै समय टिक्न नसक्ने इतिहासबाट प्रमाणित भैसकेको छ । विगतमा त पुँजीवाद पनि थिएन । दुँनियामा विगतमा भएका विशाल साम्राज्यहरु ढलेका छन् । त्यसको पछाडि उत्पादक शक्तिको मुख्य भूमिका थियो । अहिले पुँजीवादी व्यवस्था राज गरिरहेको छ । पुँजीवादी व्यवस्थाको मुख्य उत्पादक शक्ति पुँजी हो । तर अहिले सबैभन्दा शक्तिशाली त्यो हुन्छ जोसँग प्रविधि छ । पुँजी त प्रविधिको दास बनिरहेको छ । त्यसकारा समाजवाद अनिवार्य बनेर आएको छ । मानव श्रमबाट असंभव लाग्ने कामहरु प्रविधिबाट संभव हुँदै गएको छ । विज्ञान प्रविधिले समाजवादी व्यवथाका लागि वस्तुगत आधार तयार पारिदिएको छ ।

यस्तो विश्व परिवेशमा नेपालमा चलेको समाजवादी समृद्धिको सपना पनि विज्ञान प्रविधिको प्रचुर मात्रामा उपयोग नगरि पुरा हुनसक्दैन । तर सरकारको कार्यक्रममा विज्ञान प्रविधि कमै प्राथमिकतामा परेको छ । जब विज्ञान प्रविधिको विषय पहिलो प्राथमिकता पर्दैन समृद्धिको सपना विपनामा फेरिन सक्दैन । हामी विश्वको तुलनामा त्यसैपनि एक सताब्दी पछाडि परिसकेका छौं ।

नेपालको राजनीतिक इतिहासमै पहिलो पटक थुप्रै कमजोरीसहित समाजवादका लागि संघर्ष गर्ने बामपन्थी पार्टीको बलियो बहुमतको सरकार छ । त्यसकारण पनि नेपालमा समाजवाद प्राथमिकताको विषय बनेको छ । त्यसका लागि नेपाली परिवेश सुहाउँदो समाजवादी विचाधारामाथि अनुसन्धानात्मक रुपमा काम गर्न आवश्यक छ । र, सँगसँगै समाजवादी स्वरुपको समाजिक आधार तयार पार्दै जान जरुरी छ । यी दुवै काम अलग अलग नभै एकसाथ गर्नुपर्ने काम हुन् । हामीले देशलाई यस्तै गरिबीमा राखेर समाजवादी बहस गर्नुको कुनै अर्थ छैन् । विकास र समृद्धिका नयाँ संभावनाहरु दृढताका साथ पहिल्याउनै पर्दछ ।हामीले समाजवाद निर्माणको उद्देश्यबाट अलिकता पनि नचिप्लीकन अनवरत अगाडि बड्न पनि जरुरी छ ।

यो यात्रामा हिड्दै गर्दा आउने पेचिला प्रश्नहरुको हामीले धैर्यतापूर्ण र साहसपूर्ण सामना गर्नैपर्ने छ । परिवर्तनका विरोधि शक्तिले समाजवादका विरुद्धका फैलाएका भ्रमहरुलाई अब भाषणले मात्र ति।चर्न सकिदैन । त्यसका लागि समाजवादी विकासको राम्रो मोडल प्रस्तुत गर्ने वेला पनि यही हो । बाम सरकारले र नेकपाले एकसाथ काम गरेरै जनताको विश्वास जित्नुको विकल्प छैन् । समाजवा रक्षा, प्रयोग र विकास गर्दै सगरमाथाको शिखरमा समाजवाद झण्डा गाडेर सिंगो मानवजातिलाई नयाँ युगको सन्देश दिन सक्ने अवसर हाम्रा अगाडि आएको छ ।

कस्तो समाजवाद

सामाजिक न्यायसहितको समाजवाद । सामाजिक सचेततासहितको समाजवाद । वैज्ञानिक विचार, सँस्कृति र व्यवस्थासहितको समाजवाद । समानता र समुदायिक हित गर्ने समाजवाद । कुरामा मात्रै होइन व्यवस्थामै समाजवाद । नेपाली मौलिकतामा आधारित विवेदरहित विवेकसहितको समाजवाद । सयौं फुलहरु कुनै बाधा वेबधान विनै स्वतन्त्र रुपमा फुल्नसक्ने समाजवाद । तर यस्तो सामाजिक व्यवस्था अहिलेको पुरातनवादले जकडिएको सामाजिक संरचनाको पुरै अप्रेसन नगरि आउँन सक्दैन । हरेक परिवर्त र प्रगतिको बाधक संरचनामा उलटपुलट नल्याइकन यो समाज आउँदैन । त्यसका लागि नेपाली विशेषतासहितको समाजवाद निर्माणको लागि चौतर्फी विचारको विकास जरुरी छ । विद्यालयहरुमै अनिवार्य समाजवादी मान्छे निर्माणको योजन बाम सरकारले ल्याउन ढिला गर्न हुँदैन । अन्यथा समाजवादको समपान फगत सपना मात्रै हुनेछ । विकास र समृद्धि एकादेशको कथाजस्तै हुने छ ।

जनताले यो सरकारबाट सुशासन र विकासको धेरै आशा गरेका थिए । तर सरकारको अहिलेसम्मका काम कारबाही हेर्दा जनतामा निराशा बढेको छ । नेपालको इतिहासमा कम्युनिष्टको यो नै पहिलो बलियो सरकार हो । तर, सरकारले समाजवादी स्वरुपको विकास मोडल पस्कनै सकेन । सरकारले कामको गति नबढाउने हो भने देश समृद्धिको यात्रामा हिढ्न सक्ने देखिएको छैन । प्रधानमन्त्री नेतृत्वको सरकार र प्रचण्ड नेतृत्वको नेकपाले एकाकार भएर युद्ध स्तरमा काम गर्नुको विकल्प छैन । हामी पार्टीका क्याडरहरुले पनि आफ्नो स्थानबाट समाजवादका लागि काम गर्न जरुरी छ । सरकार र पार्टीको सयुक्त योजनाविना वर्तमान नेपालनको नियतिलाई फेर्न सकिँदैन । यो कुरा बामपन्थी नेता तथा कार्यकर्ता सवैले आत्मसाथ गर्नु पर्दछ ।