
एजेन्सी । पोर्चुगलका विख्यात फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी पत्नी गर्जिना रोड्रिगेजले आफ्नो नवजात शिशुको मृत्यु भएको बताएका छन् । जुम्ल्याहा छोरा र छोरीमध्ये सन्तानमध्ये छोराको मृत्यु भएको उनीहरूले बताएका हुन् ।
म्यान्चेस्टर युनाइटेडका खेलाडी रोनाल्डोले शिशुको मृत्युबाट दुखी बनेको प्रतिक्रिया दिएका छन् । कुनै पनि अभिभावकले महसुश गर्नसक्ने ठूलो पीडाभएको उनले प्रतिक्रिया दिएका छन् ।
३७ वर्षीय रोनाल्डो र २८ वर्षीया रोड्रिगेजले लेखेका छन्, हाम्रो छोरा, तिमी देवदूत हौ । हामी सधैँ माया गरिरहने छौं । यस्तै उनीहरूले आफ्नी छोरी जीवित नै रहेको जानकारी दिएका छन् ।
यसबारे रोनाल्डो दम्पत्तिले एक सूचना जारी गर्दै जानकारी दिएका हुन् । साथै यस घटनाले आफूहरू विक्षिप्त बनाएको र गहिरो दुखमा पुर्याएको उनीहरूको भनाइ छ । साथै यस जटिल समयमा गोपनीयता कायम गरिदिन पनि उनीहरूले आग्रह गरेका छन् ।
रोनाल्डो दम्पत्तिले गत अक्टोबरमा आफूहरूले सन्तान जन्माउन लागेको घोषणा गरेका थिए । यसबारे रोनाल्डो आवद्ध फुटबल क्लब म्यान्चेस्टर युनाइटेडसहित विभिन्न फुटबल क्लबहरूले उनीहरूप्रति समवेदना प्रकट गरेका छन् । रोनाल्डो र रोड्रिगेजसँग यसअघि नै तीन सन्तान छन् । तीमध्ये दुई सन्तान सेरोगेसीबाट प्राप्त गरेका हुन् ।
२ वर्ष अगाडि
२ वर्ष अगाडि
३ वर्ष अगाडि
१० महिना अगाडि
१० महिना अगाडि
१० महिना अगाडि