बिग बुलले यो सेयरबाट १० मिनेटमै कमाए रु. १३.६० अर्ब

बिग बुलले यो सेयरबाट १० मिनेटमै कमाए रु. १३.६० अर्ब

भारतीय सेयर बजारमा बिग बुल नामबाट प्रख्यात दिग्गज लगानीकर्ता राकेश झुनझुनवालाले आज टाइटनको सेयरबाट मात्र १० मिनेटमा भारु ८ अर्ब ५० करोड (१३ अर्ब ६० करोड रुपैयाँ) कमाएका छन्।

टाटा ग्रुपको यो कम्पनीको सेयरमूल्यमा बिहीबार बीएसईमा सुरुआती कारोबारमा ९.४६ प्रतिशतले उछाल आएको थियो। योसँगै यसको सेयरभाउ भारु २ हजार ३४९.८० को उचाइमा पुगेको थियो। जसका कारण कम्पनीको मार्केट क्याप पनि भारु २ लाख करोड रुपैयाँ पुगेको छ।
टाइटन यो उचाइ हासिल गर्ने टाटा ग्रुपको दोस्रो कम्पनी हो।

राकेश झुनझुनवाला र उनकी पत्नी रेखाको टाइटनमा ४.८१ प्रतिशत हिस्सात रहेको छ। जसका कारण कम्पनीको सेयरमूल्यमा उछाल आउँदा उनीहरुको स्टकको भ्याल्यू भारु ८५० करोडले बढेको हो।

[email-subscribers-form id="2"]
TOP