नेपालमा एकैदिन थपिए १,४४६ जना कोरोना संक्रमित

नेपालमा एकैदिन थपिए १,४४६ जना कोरोना संक्रमित


नेपालमा एकैदिन एक हजार ४४६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ११ हजार ४२९ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पाइएको हो । नेपालमा कोरोना संक्रमण हिजोको तुलनामा आज २३.९० प्रतिशतले बढेको छ ।
८ हजार ९६५ पीसीआर परीक्षण गर्दा एक हजार ३५७ जनामा र दुुई हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको नियमित अपटेडमा उल्लेख गरिएको छ । यसैगरी सोमबार २५५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा दुुई जना कोरोना संक्रमितको निधन भएको छ । एक दिनमा काठमाडौंमा ६७५ जनामा कोभिड १९ पुष्टि भएको छ । आइतबारको तुलनामा सोमबार काठमाडौंमा ३७.४७ प्रतिशतले संक्रमण वृद्धि भएको छ ।

यस्तै आज ललितपुरमा १३६ जना र भक्तपुरमा ६५ जना संक्रमित थपिएका छन् । यसरी काठमाडौं उपत्यकामा कुल ८७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नेपालमा संक्रमण दर कुल १६.९ प्रतिशत रहेको छ । यसैगरी मृत्युदर १.४ प्रतिशत छ ।