
[email-subscribers-form id="2"]
नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पुष महिनामा भएको जम्मा एक हजार १४६ पोजिटिभ नमुनाहरुको एस जिन स्क्रिनिंग गर्दा २५० वटा नमुनाहरु एस जिन नेगेटिभ पत्ता लागेको हो । एसजिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन पुष्टि भएको प्रवक्ता डा। संगीता मिश्राले जानकारी दिएकी छिन् ।
ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्याधिक बिरामीहरुको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।
२ वर्ष अगाडि
२ वर्ष अगाडि
३ वर्ष अगाडि
१० महिना अगाडि
१० महिना अगाडि
१० महिना अगाडि