नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै

नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै


नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । बुधबार देशभरमा भएको १० हजार २६७ नमुना परीक्षणमध्ये ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ७१५ पीसीआर परीक्षण गर्दा ३७० जनामा र तीन हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पाइएको हो ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा २३९ जना संक्रमणमुक्त भएको बताइएको छ । तर सोहि अवधिमा भने कसैको निधन भएको छैन ।

बुधबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २५३ जना छन् । तीमध्ये काठमाडौंमा २०९, ललितपुरमा २६ र भक्तपुरमा १८ जना हुन् ।

हाल नेपालमा पाँच हजार २२५ जना सक्रिय संक्रमित छन् । जसमध्ये ४ हजार ८५२ जना होम आइसोलेसनमा र ३७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसैगरी ८४ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।