पछिल्लो २४ घण्टामा १४७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १४७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १४७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार चौबिस घण्टामा ९ संक्रमितको मृत्यु भएको छ भने १५५० जना निको भएर फर्किएका छन् । अहिले देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

[email-subscribers-form id="2"]
TOP