काठमाडौंमा ४७ प्रतिशतले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौंमा ४७ प्रतिशतले लगाए कोभिड–१९ विरुद्धको खोप

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं जिल्लाबाट हालसम्म ४७.९४ प्रतिशत नागरिकले खोप लिएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकानुसार काठमाडौंमा ४८.५६ प्रतिशतले पहिलो र ४७.३१ प्रतिशतले दुवै डोज खोप लगाएका हुन् । कार्यालयको तथ्यांकानुसार ११ लाख १० हजार ३४० जनाले पहिलो डोज र १० लाख ८१ हजार ८२० जनाले पूर्ण खोप लगाएका हुन् ।

जसमध्ये सबैभन्दा धेरै १६ लाख १७ हजार ६२० जनाले भेरोसेल, १६ लाख नौ हजार ६९० जनाले जोनसन एन्ड जोनसन, तीन लाख ३३२ जनाले कोभिडशिल्ड र १० लाख चार हजार ५१८ जनाले अष्ट्राजेनेकाको खोप लिएका छन् ।

काठमाडौंमा अहिले जारी भेरोसेल दोस्रो डोज खोप कार्यक्रम यही असोज ८ गतेसम्म चल्ने कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

[email-subscribers-form id="2"]
TOP