एकपटक लगाए पुग्ने अमेरिकी भ्याक्सीन,वैदेशिक रोजगार मा जानेहरुलाई लगाईने

एकपटक लगाए पुग्ने अमेरिकी भ्याक्सीन,वैदेशिक रोजगार मा जानेहरुलाई लगाईने

काठमाडौं । कोरोनाविरुद्धको अमेरिकी खोप नेपाल आइपुगेको छ । बिहान १० बजे कतार एयरबाट जोनसन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

सो खोप विमानस्थलमै स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले हस्तान्तरण गरेका छन्।

जोन्सन एन्ड जोन्सनले निर्माण गरेको सो खोपको एक मात्रा मात्र लगाए पुग्ने बताइएको छ ।

काठमाण्डौमा रहेको अमेरिकी दुतावासले जनाए अनुसार अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीका पन्ध्र लाख चौंतीस हजार आठ सय पचास डोज कोभीड-१९ भ्याक्सीन काठमाडौं आइपुगेका छन्। एकपटक लगाए पुग्ने यो भ्याक्सीन पन्ध्र लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुनेछ।

झन्डै ७५ बर्ष लामो न्यानो नेपाल(अमेरिका सम्बन्धमा थप एक कोशेढुङा बनेको यो क्षण महामारीको अन्त्य गर्ने, आर्थिक क्षतिबाट पुनरूत्थान, तथा पहिलेको जस्तै जनजीवनको सामान्यीकरणको दिशातर्फको एक महत्वपूर्ण कदम हो।

खोप कुन उमेर वा व्यक्तिलाई दिने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन । तर वैदेशिक रोजगार वा कुनै काममा विदेश जाने र शिक्षकलगायतलाई दिने विषयमा छलफल चलिरहेको बताइएको छ ।