
काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको दोस्रो चरणको चिनियाँ खोप (भेरोसेल) सञ्चालन गर्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी जेठ २ गतेदेखि खोप लगाउने तयारी गरेको हो ।
जेठ २ गतेदेखि खोप कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनु भयो ।
उहाँका अनुसार काठमाडौं उपत्यकामा एन्टि कोभिड भ्याक्सिनको दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी भिडभाड हुन नदिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय भएको छ ।
खोप कार्यक्रम सञ्चालनका लागि आवश्यक सुरक्षाको व्यवस्था भने जिल्ला प्रशासन कार्यालयले मिलाउने छ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
४ महिना अगाडि
४ महिना अगाडि
३ वर्ष अगाडि