
काठमाण्डौ । उपप्रधानमन्त्री ईश्वर पोखरेल र म्याग्सेसे पुरष्कार बिजेता, नेपाली बैज्ञानिक महावीर पुनबीच आज भेट भएको छ ।भेटका अवसरमा राष्ट्रिय आबिष्कार केन्द्रले कोरोनाबिरूद्दको लडाईंमा खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गर्दै आबिष्कार केन्द्रलाई जीवन्त राख्न सरकारले सदैव सहयोग गर्ने समेत उहाँले बताउनुभयो ।
सो अवसरमा बैज्ञानिक पुनले पनि सरकारले कोरोना नियन्त्रणमा खेलेको भूमिकाको चर्चा गर्दै काम गर्दा पनि नदेखिने अबस्था बनेको बताउनुभयो ।
उहाँहरूबीच अक्सिजन सिलिण्डर, स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामाग्री निर्माण लगायतका विषयमा छलफल भएको उपप्रधानमन्त्रीका प्रेश सल्लाहकार गणेश पाण्डेले सामाजीक सञ्जाल मार्फत जानकारी दिनुभएको छ । ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि