नेपालमा पछील्लो २४ घण्टामा ५५ जनाको कोभिड १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ।
यसअघि गत बिहीबार एकै दिन ३५ जनाको मृत्यु भएको थियो, जुन संख्या त्यसअघिकै उच्च थियो।
पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज मृत्यु हुनेसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ। त्यस्तै २ लाख ८७ हजार ७९० जना कोरोना लागेर निको भएका छन्।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि