
काठमाडौ । कोरोना भाइरसविरुद्धको खोप रसियाले नेपाललाई साढे २ करोड ५० लाख डोज उपलब्ध गराउने भएको छ। उक्त परिमाणको खोप नेपाल पठाउन सम्झौता नै भइसकेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले प्रकाशित गरेको छ।
रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक(५’ नेपाल ल्याउने सम्झौता भएको हो। फन्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध गराउने बताएका छन्।
रुसले बनायो कोरोनाविरुद्धको भ्याक्सिन, पहिलो खोप राष्ट्रपति पुटिनकी छोरीलाई एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले ुस्पुतनिक भीु को माग गरेकोसमेत जनाइएको छ।
यसअघि मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन, भारत ( १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता भइसकेको जनाएको छ। ११ अगस्टमा, जामिलिया नेशनल रिसर्च इन्स्टिच्युट इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकसित ुस्पुतनिक भीु खोप रसको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो ।
ट्रिनिटी फर्मास्युटिकलले खोप ल्याउनका लागि सम्झौता गरे पनि सरकारले यसबारे अनभिज्ञता प्रकट गरेको छ। विदेशबाट कुनै पनि औषधि तथा भ्याक्सिन सरकारको अनुमतिबिना नेपाल ल्याउन सम्भव छैन। नेपालमा विदेशी कम्पनीको औषधि आयात गर्न सरकारसँग अनुमति अनिवार्य छ।
ुऔषधि या भ्याक्सिन आयात गर्न सरकारसँग सहमति लिनुपर्ने हुन्छु, त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन ट्रिनिटी नामको फर्मास्युटिकलले अहिलेसम्म विभागलाई जानकारी गराएको छैन औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल बताउँछन्।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि