कोरोना विरुद्धको युद्धमा अभियान्ता नजबुल खान

कोरोना विरुद्धको युद्धमा अभियान्ता नजबुल खान

आशनमा महिला, भाषनमा महिला र शासनमामहिलाको अभियान्ता नजबुल खान लकडाउनको समयमा घरमा बस्न सकेकी छैनन् । उनी निरन्तर कोराना विरुद्धको युद्धमा लडिरहेकी छिन् ।
कोरोको मुख्य इपिसेन्टर हो उदयपुर । मुस्लिम विद्रोही महिलाका नामले पनि चिनिने खान यतिवेला त्यही कोरोनाको इपिसेन्टरमा ज्यानको बाँजी राखेर अहोरात्र खटिरहेका छन् । सहयोग जुटाइरहेका छन् र समस्यामा परेकाहरुलाई बाँडिरहेका छन् ।

उनले अस्पतालमा पीपीई, मास्क, सेनोटाइजर पनि सहयोग गरिन । ज्यालादारी मजदुरलाई सकेको राहत संलन गरेर बाँडिन । उनी भन्छिन्, ‘हामी निरन्तर सहयोगमा जुटेका छौं। सलाम छ सबै स्वास्थ्य र सुरक्षाकर्मी हरुलाई । उतिवेला कोरानाविरुद्ध खटिरहेका सबै कर्मचारी, स्वास्थ्यकमी र सुरक्षाकर्मीलाई सरकारले खाना, पानीलगायतका सम्पूर्ण कुराको विशेष व्यवस्था गर्नुपर्छ ।’ उनी निरन्तर आवाज उठाइरहेकी छन् ।

उनी राहात संकलन र वितरणको काममा मात्र लागेकी छैनन् । संक्रमित क्षेत्रका नागरिकलाई स्वास्थ्य चेकजाँच गरिएको स्थानमा पुगेर के समस्या छ त्यो बुझ्ने र स्थानीय, प्रदेश र केन्द्र सरकारलाको ध्यानाकर्षण गराउने काममा पनि लागिरहेकी छन् ।

नागरिकको सेवामा खटेका कर्मचारीलाई उनकै पहलमा मूलधार महिला सेवा केन्द्र उदयपुरले लगातार खानेपानीको व्यवस्था गरेको छ । ‘हामीले सानो प्रयासमा ५८ मुस्लिम र ५ घर अन्य गरी जम्मा ६३ घरपरिवारमा खाद्यान्नलगायतका खाजा व्यावस्था गर्न सकेका छौं ।’ उनले बताइन् ।

‘ सेवा नै धर्म हो । साना साना प्रयासले ठूलो काम हुन्छ । मजानको पहिलो जुम्मा संक्रमित ईपिसेन्टर एरियामा रोजा बसेका मानिसहरूको लागी ५७ पोका मुस्लिम बस्तीमा र १ पोका पण्डित परिवारमा गरी जम्मा ५८ पोका पौष्टिक आहार समाग्री पनि हामीले वितरण गरेका छौं । अझै केहिदिनसम्म लगातार इफ्टारीको व्यावस्था गर्नु पर्ने अवस्था छ । यहाँका मानिसहरू किनमेल गर्न नसक्ने अबस्था छ ।तसर्थ यो नेकिको महिनामा सबैले सकेको सहयोग गरौँ। करोना भाईरसबाट आफू पनी बाचौं र अरूलाई पनि बचाऊ ।’ अभियान्ता नजबुल खान सबैसँग अनुरोध गर्छिन् ।

[email-subscribers-form id="2"]
TOP