ब्लोदानको आकस्मिक घरदैलो रक्तदान कार्यक्रम

ब्लोदानको आकस्मिक घरदैलो रक्तदान कार्यक्रम


विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९०)का कारण देशभर लकडाउन भएको अवस्थामा उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई भैरहेको कठिनाइलाई ध्यानमा राखी ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को पहलमा आकस्मिकरूपमा रक्तदाता रहेकै स्थानहरुमा गई रक्त संकलन कार्य शुरु गरेको छ । यहि मिति २०७६ चैत्र १४ गतेबाट शुरु भएको सो संकलनबाट आज २०७६ चैत्र २४ गतेसम्ममा ८०० युनिटभन्दा बढि रक्त संकलन भएको जानकारी प्राप्त भएको छ ।

देशभर लकडाउन भएकै कारण अघि पछि जस्तो खुल्लारूपमा रक्तदान कार्यक्रम गर्न नमिल्ने भएको कारणले उपचारको क्रममा रगतको आवश्यकता पर्ने विरामीहरूको लागि रगत व्यवस्थापन गर्न सहजताको लागि ब्लड डोनर्स एशोसिएशन नेपाल को पहलमा केन्द्रीय रक्तसञ्चार सेवा तथा भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा आकस्मिक घरदैलो रक्तदान

कार्यक्रमको सुरुवात गरेको आज १२ औं दिन

विगत दिनहरूमा यस मानवीय कार्यमा सहभागी हुनुभई रक्तदान गर्नुहुने सम्पूर्ण स्वयंसेवी रक्तदाता महानुभावहरूलाई यस्तो विषम परिस्थितिमा पनि रगत दान गर्नुभई कसैको अमुल्य जीवन बचाउने कार्यमा पु¥याउनु भएको मानवीय कार्यको लागि हार्दिक धन्यवाद दिंदै आगामी दिनहरूमा पनि आफ्नो नजिक कार्यक्रम हुंदा रक्तदान गर्नुहुन ब्लोदानले अनुरोध गरेको छ ।
रक्तदाताहरुलाई रक्तदान गर्न आउनुरजानु हुंदा मास्क लगाउने, पन्जा लगाउने, सामाजिक दुरी (न्युनतम ३ फीट)कायम गर्ने, शरीर पुरा ढाक्ने लुगा लगाउने, खुट्टा पुरा छोप्ने किसिमको जुत्ता लगाउने तथा सानिटाइजरले हात धुने आदि जस्ता सुरक्षामा ध्यान दिनुहुन पनि ब्लोदानले विनम्र आग्रह गर्दै सो न्युनतम सुरक्षा नीति अपनाउनु रक्तदाता तथा अन्य महानुभावहरूको सुरक्षाको लागि पनि उत्तिकै जरुरी भएको जनाएको छ ।

‘अपनाऔं सुरक्षा रक्तदान गर्दा आफ्नो अनि अरुको पनि, गरौं रक्तदान सबैले आफ्नो यथार्थ विवरण खुलस्त भनी’ नारा सहित भइरहेको कार्यक्रममा कम्तिमा ३ हप्ता अगाडि विदेशबाट आउनु भएका महानुभावहरूले रक्तदान नगर्नुहुन पनि अनुरोध गरिएको छ ।