काठमाडौं / आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट सामाजिक अभियन्ता डा. विश्वास बस्नेतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न सामाजिक आन्दोलनमा सक्रिय रहँदै आएका उनी जेन्जी आन्दोलनका अगुवा व्यक्तित्वका रूपमा परिचित छन् ।
डा। बस्नेतको सक्रियतामा कोभिड–१९ महामारीका बेला देखिएका अव्यवस्था, विकृति र भ्रष्टाचारविरुद्ध ‘इनफ इज इनफ’ अभियान सञ्चालन भएको थियो। यस्तै, बंगलादेश अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरूको हकहितका पक्षमा समेत उनले आन्दोलनको नेतृत्व गरेका थिए। भदौ २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलनमा प्रत्यक्ष सहभागी भई नेतृत्वदायी भूमिका निर्वाह गरेका बस्नेतले अर्का अभियन्ता मिराज ढुंगानासँग सहकार्य गर्दै जेन्जीका मुद्दा स्थापित गर्न निरन्तर पहल गरेका थिए।
उम्मेदवारी दर्तापछि दिएको संक्षिप्त प्रतिक्रियामा डा। बस्नेतले आफ्नो उम्मेदवारी रहरभन्दा बाध्यताबाट आएको स्पष्ट पारे। उनका अनुसार जेन्जी आन्दोलनको मूल म्यान्डेट भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीमाथि कारबाही, सुशासन र सामाजिक न्याय स्थापित गर्ने थियो। तर ती अपेक्षा पूरा नभएको उनको भनाइ छ।
“जेन्जी आन्दोलनमा गोली चलाउने, गोली चलाउन आदेश दिने शासक र प्रशासकहरू अहिलेसम्म कारबाहीको दायरामा आएनन्,” उनले भने, “बरु विभिन्न बहानामा पुरानै दल र तिनका नेताहरूलाई फाइदा पुग्ने निर्णयहरू भए।” उनका अनुसार शासकीय स्वरूप, निर्वाचन प्रणाली र राज्यको नवीन रूपान्तरणजस्ता एजेन्डा ओझेलमा परे र सुरुदेखि नै जेन्जी आन्दोलनलाई ‘हाइज्याक’ गरियो।
डा. बस्नेतले आन्दोलनलाई कुनै एक अमूक दलको नाममा सीमित गर्ने प्रयास भएको आरोपसमेत लगाए। “दलियकरणको चक्कीमा जनताका र जेन्जीका मागहरू घुन पिसिएझैं पिसिन थाले,” उनले भने, “यस्तो अवस्थामा ती महान् सहिद र घाइते योद्धाहरूको सपना साकार पार्न जेन्जीको आवाज सदनसम्म पुर्याउनु अपरिहार्य भयो।”
आफू स्वयं जेन्जी आन्दोलनको पहलकर्ता र प्रतिनिधि भएको नाताले सडकमा उठेका मुद्दा संसदमा बुलन्द बनाउने संकल्पसहित उम्मेदवारी दिएको उनले स्पष्ट पारे। डा. बस्नेतको उम्मेदवारीलाई काठमाडौं–२ मा वैकल्पिक राजनीति र नागरिक आन्दोलनको निरन्तरताका रूपमा हेरिएको छ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि