बंगलादेशको आइएफआइसी बैंकको स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत शेयर खरीद प्रक्रिया रोक्न अदालतले आदेश दिएको छ ।
सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले आफूले पहिले नै शेयर किन्न सम्झौता गरिसकेको हुँदा अन्य पक्षलाई नबेच्न मुद्दा हालेका थिए । काठमाडौं जिल्ला अदालतको उक्त मुद्दाको फैसला गर्दै अदालतले शेयर बिक्री नगर्नु नगराउनु’ भन्ने आदेश दिएको हो । अदालतले ७ दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न समेत आदेशमा भनिएको छ ।
मुद्दाको आदेश मंगलबार आएपछि लिखित आदेश बुधबार उपलब्ध गराइएको हो। आइएफआइसीको स्वामित्वमा रहेको शेयर विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहले खरीद गर्न लागेको थियो। उनकी श्रीमती सारिकाको नाममा शेयर खरीद गर्ने सम्झौता भएको थियो।
अदालतको आदेशका बारेमा दुगड समूहले राष्ट्र बैंकलाई पनि जानकारी गराएको छ । ‘नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर १५७ रुपैयाँका दरले खरीद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिन्छ। त्यो पत्र अनुसार शेयर विपक्षीबाट लिखित जबाफ प्राप्त नभएसम्म सो शेयर अन्य ब्यक्तिलाई बिक्री गर्ने काय नगर्नु नगराउनु भनी विपक्षीका नाउँमा आदेश जारी गरिएको छ,’ न्यायाधिस रामचन्द्र पौडेलको एकल इजलासको आदेशमा भनिएको छ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
११ महिना अगाडि
११ महिना अगाडि
३ वर्ष अगाडि