प्रि ओपन सेसन अपडेटः करिब साढे ७ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः करिब साढे ७ अंक बढ्यो नेप्से


साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ७ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार ४३.२९ अंक बढेर २६९२.४७ विन्दुमा पुगेर बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.४० अंक बढेर २६९९.८८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.नेप्से१६ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १५ कम्पनीको १९ लाख ७१ हजार ४६५ रुपैयाँ ४० पैसा बराबरको ३ हजार ८२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

[email-subscribers-form id="2"]
TOP