बैंक अफ काठमाण्डूले आफ्नो विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक गरेको छ । “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहनु भएका नेपाली महानुभावहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्धती खाता संचालनमा ल्याएको छ ।
विदेशमा बसि श्रम गरिरहेकाहरुले उक्त बचत तथा मुद्घती खाता यस बैंकमा खोल्न सक्नेछन् । यस मुद्घती खाता खोल्दा ग्राहकहरुले ११.०५५ वार्षिक ब्याजदर पाइनेछ । साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५०५ को छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सकिनेछ।
बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्धती खाताले विदेशमा श्रम गरि आर्जन गरेका रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डूले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि