राष्ट्रियसभा निर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने

राष्ट्रियसभा निर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ ।

यस्तै, पुस २३ गते नै उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने पौडेलले जानकारी दिए।

निर्वाचन माघ १२ गते हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्राय सबै प्रदेशमा सत्ता गठबन्धन (कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा) र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।