
पुस १९ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा हिमालयन बैंक , मिथिला लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, कालिका पावर, प्रोग्रेशिभ फाइनान्स र सेन्चुरी कमर्सियल बैंकको शेयरमूल्य समायोजना भएको हो। यस दिन नेप्सेले हिमालयन बैंकको २१.३८ प्रतिशत, सेञ्चुरी बैंकको ५.७५ प्रतिशत, मिथिला लघुवित्तको २५ प्रतिशत, मिर्मिरे माइक्रोफाइनान्सको २० प्रतिशत, कालिका पावरको १५ प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको ७.०१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
समायोजनपश्चात हिमालयन बैंकको शेयरमूल्य ३९८ रुपैयाँ ७५ पैसा कायम भएको छ भने सेञ्चुरीको २२६ रुपैयाँ, मिथिला लघुवित्तको १ हजार ५६७ रुपैयाँ २० पैसा र मिर्मिरे माइक्रोफाइनान्सको १ हजार २९५ रुपैयाँ ८३ पैसा कायम भएको छ। त्यसैगरी, कालिका पावरको शेयरमूल्य ४५० रुपैयाँ ४३ पैसा र प्रोग्रेशिभ फाइनान्सको ३३१ रुपैयाँ ६८ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार हिमालयन बैंकको शेयर प्रतिकित्ता ४८४ रुपैयाँ, सेञ्चुरी कमर्सियल बैंकको २३९ रुपैयाँ, मिथिला लघुवित्तको १ हजार ९५९ रुपैयाँ, मिर्मिरे माइक्रोफाइनान्सको १ हजार ५५५ रुपैयाँ, कालिका पावरको ५१८ रुपैयाँ र प्रोग्रेशिभ फाइनान्सको ३५४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार खुल्नेछ।
सोमबार यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि