करिब ५० अंक घट्दै नेप्से २६०० विन्दुभन्दा तल, दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार

करिब ५० अंक घट्दै नेप्से २६०० विन्दुभन्दा तल, दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार

साताको अन्तिम कारोबार दिन नेप्से करिब ५० अंक घटेर २६०० विन्दुभन्दा तल झरेको छ। यस दिन नेप्से ४९.०४ अंक घटेर २५८४.६१ विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ९.४६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९८ अंक घटेको छ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएकोमा यस दिन २३१ कम्पनीको ४७ हजार ८६४ पटकको कारोबारमा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार रुपैयाँ बराबरको ७० लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा खरिदबिक्री भएको छ। यस दिन सामलिङ्ग पावर कम्पनी र न्यादी पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सामलिङ्ग पावरको शेयरमूल्य ४६ रुपैयाँ १० पैसा बढेर ५०७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन न्यादीको शेयरमूल्य ३७ रुपैयाँ ५० पैसा बढेर ४१३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन महिला लघुवित्तको शेयरमूल्य ८.५० प्रतिशत बढेको छ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.८० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ६.७५ प्रतिशत घटेको छ।

बिहीबार सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८२ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ३.७६ प्रतिशत र अन्यको ३.६४ प्रतिशत घटेको छ। कारोबारमा आएको जलविद्युत, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, व्यापार, होटल तथा पर्यटन, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र नेशनल हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

[email-subscribers-form id="2"]
TOP