सुनको भाउ स्थिर, चाँदी भने घट्यो

सुनको भाउ स्थिर, चाँदी भने घट्यो

बिहीबार सुनको भाउ स्थिर रहेको छ । मंसिर १६ गते छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन अघिल्लो दिनकै भाउ अर्थात् प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच हुँदैछ । बुधबार भने सुन प्रतितोला ४०० रुपैयाँले घटेको थियो ।

बिहीबार सुनको भाउ स्थिर रहेपनि चाँदी भने ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार १९० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँ तोकिएको थियो ।

[email-subscribers-form id="2"]
TOP