आरएमडिसीले २५ प्रतिशत लाभांश वितरण गर्ने

आरएमडिसीले २५ प्रतिशत लाभांश वितरण गर्ने

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

मंसिर १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँ रहेको छ। २० प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्नेछ।

[email-subscribers-form id="2"]
TOP